निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिजुली नदिए आन्दोलन

  २०७३ जेठ २० गते १०:४८     विकासन्युज

transmission_line-150x150काठमाडौं, २७ फागनु । निजी अस्पताललाई डेडिकेटिड फिडरबाट बिद्युत उपलब्ध नगराए निजी अस्पतालहरुले आन्दोलन गर्ने भएका छन् । निजी अस्पतालहरुको छाता संगठन एसोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल(अफिन)ले डेडिकेटिड फिडरबाट विद्युत नदिए कडा आन्दोलनको चेतावनी दिएको हो ।

अफिनले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै मानविय स्वास्थ्यसँग जोडिएको सम्वेदनशिल बिषयमा सम्बन्धीत निकाय गम्भिर नभए कडा आन्दोलन गर्ने र त्यसले सर्वसाधारणमा पार्ने असरप्रति सरकार जिम्मेवार हुनु पर्ने पनि जनाएको छ ।

निजी अस्पतालहरुलाई डेडिकेटिड फिडरबाट विद्युत उपलब्ध गराउन पुनरावेदन अदालत हेटौडाले अन्तरिम आदेश दिएको थियो । अफिनले सो निर्णय कार्यान्वयन गराउनुका साटो उल्टै डेडिकेटिड फिडर काटेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.