२३ महिना केपी ओली सरकार ढल्दैनः माधव नेपाल

  २०७३ जेठ २० गते ९:५२     विकासन्युज

kp_oli-150x150कठमाडौं, २९ बैशाख । पुर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालले अझै २३ महिनासम्म केपी ओली नेतृत्वको सरकार नढल्ने बताएका छन् । सिन्धुलीमा आयोजीत एक कार्यक्रममा बरिष्ठ नेता नेपालले देशमा अझै २३ महिनासम्म संक्रमण रहने र ओली नेतृत्वकै सरकारलाई संक्रमणकाल चिर्ने बताएका हुन ।

कांग्रेसतर्फ इशारा गर्दै नेता नेपालले बोत्तल फोर्दैमा सरकार नढल्ने बताए । ‘सरकार ढाल्ने र बनाउने खेलमा धेरैले बोत्तलफोडेको सुनेको छु’, उनले भने, ‘बोत्तल फोर्दैमा सरकार ढल्दैन । यही सरकार अझै कम्तीमा २३ महिना टिक्छ ।’

नेता नेपालले भने ‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, सबै पक्ष मिलेर देशलाई अग्रगतितर्फ लैजानुपर्छ । प्रधानमन्त्रीको हुने लफ्डा गर्नु भन्दापनि देश बनाउने कुरामा सबै राजनैतिक शक्तिहरु एकै ठाउँमा आउनुपर्छ ।’

भूकम्प पीडितहरुका लागि सरकारले छिट्टै अनुदान रकम दिनुपर्नेमा उनले जोड दिए । भ्रष्टाचार र ढिलासुस्तीलाई प्रमुख दुष्मनको रुपमा लिँदै समृद्धितर्फ देशलाई लैजानुपर्ने उनको भनाइ छ । ‘सुशासन र विकास अहिलेको मुख्यआवश्यकताहो, त्यसकालागि सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.