नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी, १८२२ मत प्राप्त

  २०७२ फागुन २५ गते २:१०     विकासन्युज

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् । देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ ।

sher-bahadur-dewaआइतबार भएको पहिलो चरणको मतदानमा देउवा मात्र ११ मतले सभापतिमा निर्वाचित हुन चुकेका थिए । दोस्रो चरणमा देउवाले पहिलो चरणको भन्दा २५८ मत बढी पाएका थिए । पहिलो चरणमा १५६४ मत पाएका थिए ।

कांग्रेसको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे अनुसार सोमबार भएको दोस्रो चरणको निर्वाचनमा ३ हजार १२० मत खसेको थियो । तर, मत मत गणनाका क्रममा २० मत बढी भेटियो, जुन अधिकांश नमुना मत पत्रहरु थिए । सहमतिका आाधारमा सबैलाई खसेको मत मानेर तोकिएको मापदण्ड नपुगेका २२ मतलाई बदर गरिएको उनले बताए ।

नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा विजयीभएपछि मध्यरातमा कार्यकर्ताले नाराबाजी गरेका छन् । सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विजयको उल्लास मनाए । अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबार देखि गणना हुने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.