भन्सार घटाउने हो भने सडकले सवारी धान्दैन

  २०७१ भदौ २३ गते ११:३६     विकासन्युज

मन्त्रालयले समयसापेक्ष यातायातसम्बन्धी नीति नियम परिमार्जन गर्दैआएको छ र आवश्यकताअनुसार परिमार्जन गरिरहेका पनि छौं । हालसालै पनि दिगो वातावरणसम्बन्धी यातायात नीति ल्याएका छौं । यसैगरी, यातायात व्यवस्थापन नीति पनि कार्यान्यवनको चरणमा छ । अहिले राष्ट्रिय यातायात नीति, २०५८ अन्तर्गत सवारीसाधन व्यवस्थापन भइरहेको छ । हालको अवस्थाको उक्त नीति पर्याप्त छैन । यातायात व्यवस्थाको लागि हाल मन्त्रालयले २ वटा नीति ल्याउन लागेको छ । जसमध्ये एउटा मन्त्रिपरिषद्बाट पास भइसहेको छ भने अर्को स्वीकृत हुने क्रममा रहेको छ ।
ती नीतिहरू कार्यान्वयमा आएपछि वातावरण मैत्री सवारीसाधनलाई प्राथमिकता दिनुका साथै यातायात व्यवस्थापन गर्न सहज हुने छ । नीतिमा यातायात व्यवस्थापनमा के–कस्ता समस्या छन् र ती समस्यालाई कसरी कार्यान्वयमा ल्याउने भन्ने विषयमा बढी जोड दिइएको छ । त्यसैगरी, विभिन्न समितिको अवधारण ल्याइएको छ । सोही समितिले नै विभिन्न क्षेत्रको अध्ययन गरेर सुधार गर्न सहयोग गर्नेछ । यातायात व्यवस्था सम्बन्धी ऐन–नियम नै पुरानो भएको छ ।
हामी २०४९ सालमा बनेको ऐन–नियमबाट गाइडेट छौं । त्यो ऐन–नियमले हालको यातायात व्यवस्थापन गर्न सक्दैन । यसलाई पनि परिमार्जन गर्नुपर्छ । त्यसैगरी, यातायात सहजीकरणको लागि सवारीचालक अनुमति–पत्र दिने व्यवस्थामा पनि परिवर्तन गरेका छौं । हाल दिगो शहरी यातायात विकास आयोजनाअन्तर्गत उपत्यकाको यातायात व्यवस्थापन गर्ने काम भइरहेको छ । उक्त आयोजना कार्यान्वयनमा आएपछि उपत्यकाको यातायात व्यवस्थापन गर्न सहज हुनेछ । सो आयोजनाले मास ट्रान्स्पोटशनलाई पनि समेट्ने छ ।
नेपालमा सवारीसाधन निर्माण हु“दैन । सवै सवारीसाधन भारत लगायतका देशबाट आयात गर्नुपर्ने वाध्यता छ । केही समय यता देशमा दिनानुदिन सवारीसाधन भित्रने क्रम बढेको छ । सोही तुलनमा सडक विस्तार हुन सकेको छैन । यातायात व्यवसायीहरूले सवारीसाधनमा लाग्दैआएको भन्सार महशुल घटाउन माग गर्दैआएका छन् । यदि हालको भन्सार महसुल घटाउने हो भने देशमा सवारीसाधन भित्रने क्रम ह्वात्तै बढ्नेछ । जुन नेपालको सडकले धान्न सक्दैन । सवारीसाधन कम गर्न राज्यले कुनै नीति लिनुपर्ने हुन्छ । जसअनुरुप सवारीसाधनमा बढी भन्सार दर लगाइएको हो । नेपालमा जस्तै, श्रीलंकामा पनि भन्सार महसुल लगाइएको छ ।
हाल सवारी धनीले जथाभावी पार्किङ गरिरहेका छन् । कतिपय अवस्थामा पार्किङको एकदमै समस्या छ । आगामी दिनमा सवारीसाधन किन्ने व्यक्तिले पार्किङको पनि व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्छ । पछिल्लो समय व्यवसायीहरूले भर्खर सडक सुविधा पुगेका जनताको लागि सहुलियत दरमा सवारीसाधन किन्न पाउनुपर्छ भन्ने माग गर्दैआएका छन् । त्यो एकदमै गलत छ । गाउ“का मान्छेले कार किनेपनि सञ्चालन गर्ने शहरमै हो ।
व्यवसायीहरूबाट मोटरसाइकलमा लाग्दैआएको भन्सार महसुल घटाउनुपर्ने माग आइरहेको छ । तर, देशमा अहिले नै मोटरसाइकलको संख्या बढी भइसकेको छ । नेपालमा चल्ने सवारीसाधनमा मोटरसाइकलको हिस्सा ७९ प्रतिशत रहेको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन गर्न पनि कठिनाइ भइरहेको छ । मोटरसाइकलमा लाग्दै आएको विद्यमान भन्सार महसुल घटाउने हो भने नेपालको सडकले धान्ने नसक्नेगरी मोटरसाइकल भित्रनेछ । त्यसो गर्नु उचित हु“दैन ।
मोटरसाइकलले मानिसहरूलाई कुनै ठाउ“मा छिटो–छरितो रुपमा पुग्न सहयोग गरेको छ । तर, त्यस्ता साना खालका सवारीसाधनले यातायात व्यवस्थापन गर्न सहयोग गर्दैन । दिगो रुपमा यातायात व्यवस्थापनका लागि बढीभन्दा बढी ठूला सवारीसाधन सञ्चालनमा ल्याउनुपर्छ । हाल सरकारले काठमाडौं उपत्यकामा सडक चौडा पार्ने काम गरिरहेको छ । त्यस्ता सडकमा साना सवारीसाधन विस्तापित गरी यात्रुवाहक ठूला सवारीसाधन सञ्चालनमा ल्याउनु पर्छ । सरकारले यातायात व्यवसायीलाई पनि ठूला सवारीसाधन सञ्चालनमा ल्याउन आग्रह गर्दैआएको छ । त्यसका लागि छुट्टै सडक दिनका लागि सरकार तयार हुनुपर्छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यले पनि ४० भन्दा बढी सिट भएको गाडी यातायात गर्ने तथा सञ्चालनमा ल्याउने व्यवसायीका लागि छुटको व्यवस्था गरेको छ ।
संसारका आºनो सवारीसाधन नभएको कमैमात्र मुलुकमा नेपाल पनि पर्छ । जहा“ सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनहरू सञ्चालनमा ल्याएका छैनन् । पछिल्लो समय नेपालमा पनि सरकार आपैm“ले सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने सम्बन्धमा वहस सुरु भएको छ । हाम्रो जस्तो देशमा सरकारले आºनै यात्रुवाहक सवारीसाधन नराख्ने हो भने एकाधिकार बढ्न जान्छ । जसले गर्दा अनिमियतता बढ्छ । यसलाई न्युनिकरण गर्नका लागि पनि सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्नु जरुरी छ ।
यातायातको भविष्य भनेको मास ट्रान्सपोटेशन नै हो । सो कार्यका लागि सरकारलको पनि संलग्नता आवश्यक रहन्छ । तर, नेपालको सन्दर्भमा कुरा गर्दा सरकार आपैm“ले तत्काल सार्वजनिक सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था छैन । तर, दीर्घकालमा भने सरकारले आफैले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने योजना बनाएको छ ।
नेपालमा ट्रलीबस राम्रो यातायातको साधन थियो तर, त्यसलाई हामीले सञ्चालन गर्न सकेनौं । आगामी दिनमा विस्तारित चक्रपथमा ट्रलीबस सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेका छौं । त्यस्तैगरी, काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययन भइरहेको छ । यसलाई पनि सरकारले नै सञ्चालन गर्ने योजना बनाएको छ । तसर्थ, सरकारले तत्कालका लागि प्रोत्साहनको नीति लिए पनि दिर्घकालमा नीति क्षेत्रस“ग सहकार्य गरेर सञ्चालन गर्ने योजना बनाएको छ ।
(सिटौला भौतिक पूर्वाधार यातायात व्यवस्था मन्त्रालयका सचिव हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.