अटोमोवाईल क्षेत्र उत्साहित भएको छ 

  २०७१ भदौ १६ गते १२:३९     विकासन्युज

नेपालको व्यापारिक क्षेत्रमा अटोमोवाईलको हिस्सा निकै ठूलो छ । पछिल्लो सयममा अटोमोवाईल क्षेत्रको विस्तार उत्साहजनक भएको व्यवसायीहरुले बताएका छन् । अटोमोवाईल क्षेत्रको वार्षिक उत्सवको रुपमा आयोजना गरिने नाडा अटो शो २०७१ यही भाद्र १८ गतेदेखि २२ गते सम्म काठमाण्डौको भृकुटी मण्डपमा हुँदैछ । जहाँ सवारी साधन, पार्टपुर्जा तथा अन्य एसेसरीजहरूको प्रदर्शनी हुँदैछ । प्रस्तुत छ, उक्त मेलाको संयोजक तथा सिप्रदी ट्रेडिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालसँग नाडा आटो शो र अटो बजारबारे गरिएको विकास वहस यस अंकमा ।

नाडा अटो शो २०७१ को तयारी कस्तो छ ?
तयारी सन्तोषजनक छ । यस पटक हाम्रो ध्यान व्यवस्थापनलाई पनि चुस्त बनाउने र प्रदर्शनीमा भाग लिनेलाई पनि उत्साहित बनाउनेतर्फ केन्द्रीत छ । सहभागीहरु निकै उत्साहित छन् । प्रदर्शनी बुकिङ गरेको दुई दिनभित्रै प्रमुख सबै स्टल बुकिङ भए ।
प्रदर्शनीमा भाग लिनेहरुलाई केले उत्साहित बनाएको छ ?
व्यवस्थापन समितिले राम्रो काम गरेर नै हुनुपर्छ । हामीले पारदर्शि रुपमा काम गरेका छौं । बोल्नको लागि मात्र पारदर्शि होइन, काममा पनि पारदर्शि छ । मुखले एउटा भन्ने, व्यवहार अर्को गर्ने गर्दैनौं । हलभित्रको मुख्य स्टल लिन सबैको चाहाना हुने । पाउने दङ्ग, नपाउने रिसाउने । मिलोमत्तो भयो, आफ्नोलाई राम्रो ठाउँ दियो भन्ने गुनासा आउँथे पहिला । यसपाली हामीले चिठ्ठा प्रथाबाट स्टल बाँढफाँढ ग¥यौं । त्यसमा सबै साथीहरुले सहमति जनाउनु भयो । सबै खुशी हुनुहुन्छ ।
कस्ता सवारीहरुको प्रदर्शनी हुनेछ ?
यस पटक ५३ वटा कम्पनीहरूले विभिन्न योजनाहरू सहित सवारी साधन, सवारी साधन जन्य वस्तु तथा अन्य सेवाहरू प्रदर्शन गर्ने छन् । पा“च दिनसम्म चल्ने नाडा अटो शो २०७१ मा १२ वटा ब्राडका ४–पाङग्रे तथा ११ वटा ब्राण्डका २– पाङग्रेसवारी साधनहरू रहने छन् । प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, जेनेरेटर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जस्मा नेपालमै उत्पादित सामग्रीहरू समेत रहने छन् ।
विगतमा वर्षहरुमा नेपालमा स्थापित ब्राण्डहरु नै नाडा अटो शोमा देख्न पाईदैन थियो । यस पटक देख्न पाईन्छ ?
हो, विगतमा टोयटा लगायत केही नेपालमा स्थापित ब्राण्डहरु सहभागी भएनन् । यसपटक टोयटा, निशान, हुण्डाई, महिन्द्रा, सुजुकी, मारुती लगायत ९९ प्रतिशत ब्राण्डका चार पाङ्ग्रे सवारी प्रदर्शनीमा राखिनेछ । नेपालमा बिक्री वितरण हुने १०० प्रतिशत २ पाङ्ग्रे सवारीको प्रर्दशनी यस मेलामा हुने छ । भृकुटी मण्डप प्रदर्शनी स्थलको लगभग ८ हजार ५ हजार वर्ग फिट क्षेत्रफलमा साना ठूला गरि १०० स्टलहरू रहने छन् । प्रदर्शनी क्षेत्रमा २– पाङग्रे, ४– पाङग्रे तथा कमशिर्यल गाडीहरूको छुट्टा–छुट्टै ठा“उहरू बनाइएको छ । अवलोकनकर्ताहरू रुची अनुसार ती ठा“उहरूमा आफुले खोजेको सवारी साधनहरूको अवलोकन तथा जानकारी लिन सक्ने छन् । यो प्रदर्शनी हेर्न आउने ग्राहक तथा गाडी प्रेमीहरूलाई पनि हामी उत्साहित नै बनाउने छौं । किनकी कुनै पनि महत्वपूर्ण ब्राण्ड यस प्रर्दशनीमा छुट्ने छैन ।

प्रदर्शनीको अवलोकन अवस्था कस्तो रहला ?
५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका गरिएको छ । नाडा अटो शो २०७१ अवलोकन गर्न आउनेहरूमा सर्वसाधरण बाहेक अटो उद्योगीहरू, व्यापारीहरू, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुनेछन् । तर हामीलाई प्रदर्शनी स्थल नै सानो भयो । हामीलाई कम्तिमा २५ हजार वर्गफिट क्षेत्रफल आवश्यक हुन्छ ।
प्रर्दशनी स्थलको अभाव सबैले महसुस गरेका छन् । निजी क्षेत्रले प्रर्दशनी स्थल बनाएर चलाउन सक्दैन ?
धेरै पुरुषार्थी मान्छे चाहिन्छ । मेरो एक जना साथी चन्द्र योञ्जन ८० करोड लगानी गर्न भनेर अष्ट्रेलियाको मेलबनबाट आउनु भएको थियो । उहाँले यहाँ के थाहा पाउनुभयो भने यहाँ सिप्रर्दी पनि बन्द हुँदो रहेछ, कान्तिपुर पनि बन्द हुँदो रहेछ, गोदावरी रिपोर्ट पनि बन्द हुँदो रहेछ । ट्रेड यूनियनको समस्या ठूलो देख्नुभयो । यहाँ कसैले ठूलो लगानी गरेर प्रर्दशनी स्थल बनाउने भन्यो भने नेता, कार्यकर्ता, व्यूरोक्र्याट्, स्थानीयबासी सबैलाई पीढा हुन्छ । फलानो धनी हुनेभयो । सबलाई डाहा हुन्छ । हामीले सिमरामा उद्योग राख्न खोज्यौ । वाल लगाउन ६ महिना लाग्यो । पश्चिममा ६० विगाह जमिन लियौं । त्यहाँ पनि समस्या आयो । त्यसपछि हिमाञ्चल प्रदेशमा अध्ययन गर्न गयौं । १०० वर्षको लिजमा सरकारले जमिन दिन्छ । पानी, विजुली सुविधा छ । अनि हामीले कसरी प्रतिस्प्रर्धा गर्ने ? विदेशमा लगानीकर्ताको सम्पूर्ण सुरक्षा सरकारले गर्छ । नेपालमा लगानीकर्ता सबैतिरबाट असुरक्षीत हुनुपर्छ । अनि यहाँ ठूलो लगानी कसले गर्ने ?
नाडा अटो शो परम्परा धान्न, सचिवालयलाई आम्दानी गर्न मात्र गरिन्छ कि यो क्षेत्रको विकासमा पनि यसले योगदान गरेको हुन्छ ?
नाडाको सचिवलयको खर्च जुटाउन पनि हो । अटो मोवाईल क्षेत्रका विकास गर्न पनि हो । सबैको फाइदाको लागि हो । नोक्सान खाना कोही पनि नाडा अटो शोमा भाग लिन आउँदैनन् । फाइदाको लागि काम गर्ने हो । ग्राहकलाई सेवा नदिई फाइदा पनि हुँदैन ।
नाडा अटो शो व्यापारिक प्रयोजनका लागि हो कि सामूहिक हितका लागि सामाजिक कार्य हो ?
यसमा नाफा पनि छ । सामाजिक हित पनि छ । यस प्रर्दशनीमा बैंक, फाइनान्स, बीमा कम्पनीहरुलाई फाइदा छ । बिक्रेतालाई सोझै फाइदा हुन्छ । एउटा गाडी बिक्री हुँदो ६÷७ जनाको आम्दानी बढी हाल्छ । उपभोक्ताले पनि एकै स्थलमा धेरै प्रकारका सवारीको बारेमा, सेवा प्रदायकहरुले दिने सेवा सुविधाको बारेमा जानकारी पाउनेछन् ।
अटोमोवाईल क्षेत्रको बजार कस्तो छ ?
पछिल्लो वर्षमा धेरे राम्रो छ । गत वर्ष कमर्शियल भेइकल्स ८ हजार ९ सय ९० बिक्री भए । अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो । प्यासेन्जर कारमा गत आर्थिक वर्ष ९ हजार ७ सय ३५ वटा बिक्री भए । यो अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले वृद्धि हो । बजारको ग्रोथ राम्रो छ । आगामी दिनमा यसको विस्तार अझै उच्च दरमा हुने विश्वास व्यवसायीको छ ।
व्यवसायीहरुबीच प्रतिस्प्रर्धा कस्तो छ ?
स्वच्छ प्रतिस्प्रर्धा छ । भन्सार छलि, न्यून मूल्याङकनको समस्या छैन । सवारी बिक्री वितरणमा लाग्ने व्यवसायी पनि लब्धप्रतिष्ठत व्यक्ति हुनुहुन्छ । इज्जतको लागि पनि राम्रो काम गर्नुहुन्छ । हाम्रो प्रमोटरहरुले त हामीलाई बारम्बार भन्नुहुन्छ–कर छल्ने उदेश्यले केही पनि काम नगर्नु ।
स्पेयर्स पार्ट्समा त न्यून मूल्याङकन तथा चोरी पैठारीको समस्या व्यापाक छ नि होइन ?
हो, यहाँ नीतिगत नै समस्या छ । स्पेयर्स पार्ट्समा भन्सारदर बढी छ । त्यसलाई घटाउन हामीले सरकारलाई सुझाव दिदै आएका छौं । अहिले नक्कली सामानको प्रयोग ज्यादै कम हुन्छ । चोर्न पनि सजिलो छैन ।
सिप्रदीको व्यापार अवस्था कस्तो छ ?
हामीले गत वर्ष करिव १६ अर्बको करोबार गरेका थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि हो । कमर्शियल गाडीमा कुल बजारको ७१ प्रतिशत हिस्सा टाटाको छ । जीपमा ५७ प्रतिशत बजार हिस्सा छ । प्यासेन्जर कारमा १४ प्रतिशत हिस्सा छ । कारमा पहिलो पोजीशनमा हुण्डाई छ, दोस्रोमा मारुती, तेस्रो पोजीशनमा हामी छौं । हामीले बिक्रीपछिको सेवालाई बढी जोड दिएका छौं । सिप्रदीले पछिल्लो एक वर्षमा १०० करोड रुपैयाँ सेवापछिको सुविधाको लागि खर्च गरिसकेको छ । प्रडक्ट उस्तै उस्तै हो । बिक्रीपछिको सेवा कस्तो छ ? त्यो महत्वपूर्ण हुन्छ । छल्ने डाँट्ने कामले ग्राहक आकर्षित हुँदैनन् । एक पटकको छुट वा चिठ्ठाले पनि ग्राहक आकर्षित हुन छाडिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.