मेडिकल कलेज कम भएकाले स्वास्थ्य क्षेत्र महंगो भएको हो

  २०७१ भदौ ५ गते ८:३३     विकासन्युज

सुमेरु ग्रुपको लगानी कहा“ कहा“ छ ?
सुमेरु ग्रुपको रुपमा हामीले व्यवसाय गरेको करिब १५ वर्ष भयो । यस समूहमा अन्तर्गत हामीले धामाखेलमा सुमेरु हस्पिटल, पुल्चोकमा सुमेरु सिटी हस्पिटल चलाइरहेका छौं । धापाखेल, पुल्चोक र कालिमाटीमा सुमेरु बचत तथा ऋण सहकारी चलाइराखेको छौं । त्यसबाहेक सुमेरु रेमिट्यान्स, सुमेरु मनी एक्सचेन्ज, सुमेरु प्रेस, सुमेरु हाउजिङ, सुमेरु व्यायामशाला चलाएका छौं । सुमेरु लाइन्स क्लब पनि छ । पछिल्लो समयमा सुमेरु कलेज सञ्चालन गर्न गइरहेका छौं ।
उल्लेखित व्यवसाय मध्ये सबैभन्दा नाफाको व्यवसाय के रहेछ ?
रियलस्टेटमा बढी नाफा हुने रहेछ । हार्डवेयर व्यापारमा बढी मुनाफा छ । प्रेसबाट पनि राम्रो मुनाफा छ । हस्पिटल र कलेज सेवा मुलुक क्षेत्र भईकन पनि राम्रो मुनाफा छ ।
हाउजिङ व्यवसाय गर्नेमध्ये धेरै व्यवसायी पछिल्लो समयमा आर्थिक संकटमा छन्, तपाईहरूको अवस्था के छ ?
हामीले हाउजिङबाट राम्रो मुनाफा कमायौं । तर अहिले मन्दी भएकोले यसको कारोबार गरेका छैनौं । हामीलाई नोक्सान पनि भएन, समस्या पनि आएन । तत्काल हाउजिङ व्यवसायी गर्ने सोचमा पनि छैनौं ।
सुमेरु हस्पिटल कति नाफामा छ ?
यो हस्पिटल सुरु भएको एक वर्षमात्र भयो । अहिले नोक्सानमा नै छ । तर सुमेरु सिटी हस्पिटल मुनाफामा छ । मैले व्यक्तिगत रुपमा अर्को हस्पिटलमा विगत २१ वर्षअघि लगानी गरेको थिए । त्यसले अहिले पनि राम्रो मुनाफा आर्जन गरेको छ । हस्पिटल क्षेत्रमा मुनाफा भएकैले निजी क्षेत्रको लगानी थप्पिरहेको छ ।
सुमेरु हस्पिटलको सबल पक्ष के हो ?
यो हस्पिटलमा जनरल सेवा सबै छन् । सर्जरीमातर्फ धेरै राम्रो सेवा दिईरहेको छौं । मृगौलासम्बन्धी सम्पूर्ण रोगको उपचार यहा“ गर्ने तयारीका साथ काम भइरहेको छ । नेपालमा अरू हस्पिटलमा नभएको स्वस्थ्य सेवा सुमेरुमा दिने लक्ष्यका साथ भारतको हस्पिटलहरूस“ग छलफल भइरहेको छ । पूर्वाधार पनि राम्रो छ । सबै कक्षमा एसी राखिएको छ । विरामी र विरामीका आफन्तको समस्या बुझेर सक्नेसम्म समाधान गर्दैआएका छौं । सरसफाइमा विशेष जोड दिएका छौं । सेवा शुल्कहरू पनि महंगो छैन ।
कजेलमा कत्तिको नाफा हु“दोरहेछ ?
हामीले भरखरै सुरु गर्दैछौं । यसमा धेरै लगानी पनि हु“दैछ । शिक्षा क्षेत्रमा एकदमै राम्रो मुनाफा देखिन्छ । हामीले ९ वटा संकायमा चलाउने योजना बनाएका छौं । एउटा संकाय चलाउ“दा एक करोडभन्दा बढी आम्दानी हुन्छ । ९ वटा संकाय चलाउ“दा ९ करोड रुपैया“भन्दा बढी आम्दानी हुने देखिन्छ । खर्च करिब ३ करोड रुपैया“मात्र खर्च देखिएको छ । सञ्चालनमा आएको दुई महिना भएको छैन, करिब ५० लाख रुपैया“ मुनाफा देखिएको छ ।
अधिकांश कलेजका सञ्चालकहरू त कजेलमा लगानी गरेर फाइदा छैनन् भन्छन् त ?
कलेजस“गै हस्पिटल चाहिन्छ । हस्पिटल नभएको कलेजलाई गाह्रो छ ।
मेडिकल कलेज सञ्चालन गर्न अनुमति पाइसक्नुभयो ?
सुमेरु मेडिकल कलेज भनेर स्वीकृति त लिएका छौं । तर एमबीबीएस कक्षा चलाउन स्वीकृति मागेका पनि छैनौं । त्यसको लागि कम्तिमा ३०० बेडको हस्पिटल चाहिन्छ । हामीस“ग त्यो पूर्वाधार अहिले छैन । दुई वर्षपछि हामी एमबीबीएस कक्षा सञ्चालन गर्ने सोचमा छौं ।
एमबीबीएस कलेजको संख्यात्मक वृद्धि रोक्ने र नरोक्ने विषयमा धेरै विवाद छ, तपाईको विचार के हो ?
मेडिकल कजेल धेरै हुनु राम्रो हो । क्वालिफाइड विद्यार्थीले पनि कजेल पढ्न नपाएको अवस्था छ । किनकी एमबीबीएस पढ्न ४०÷५० लाख रुपैया“ चाहिन्छ । कलेजको संख्या बढाउने हो भने शुल्क स्वतः घट्छ र आर्थिकरुपमा धनाढ्य नभए पनि पढाईमा ट्यालेन्ट छ भने एमबीबीएस पढ्न सक्छ । – See more at: http://www.bikasnews.com.np/index.php/2011-10-24-13-46-03/814-2014-01-26-08-52-06#sthash.Q0prUaWg.dpuf