हामी २००४ देखि नै टप एक्स्पोटर हौ ।

  २०७१ भदौ ५ गते ८:३१     विकासन्युज

एभरेष्ट पश्मिना किन्ट्टिङ एण्ड बुभिङ इन्डस्ट्रिज प्रा.लि.

एभरेष्ट पश्मिना किन्ट्टिङ एण्ड बुभिङ इन्डस्ट्रिजले सन् २००२ देखि पश्मिना सल र पश्मिना स्वेटर उत्पादन गरी निर्यात गर्दैआएको छ । जतिबेला नेपालको पश्मिना उद्योग संकटमा परेको थियो त्यति बेला नै कर्केन ताङ्वे गुरुङ र उनका दुई भतिजाहरू सूर्य ताङ्वे, सन्तोष ताङ्जे मिलेर यो उद्योग सञ्चालनमा ल्याएका थिए । यो उद्योगले सन् २००४ देखि हालसम्म लगातार नेपालबाट सबैभन्दा बढी मूल्यको पश्मिना उत्पादन र निर्यात गर्दैआएको छ । त्यसैले सरकारले गत दुई आर्थिक वर्षमा पश्मिनातर्फ उत्कृष्ट उत्पादन र निर्यात गर्ने महत्वपूर्ण व्यवसायी व्यक्ति (सीआईपी) सम्मान दिएको छ । पश्मिना उत्पादन, निर्यातको विषयमा केन्द्रित भई गुरुङस“ग गरिएको विकास वहस यस अंकमा ।

सरकारबाट महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान पाउनुभएकोमा तपाईलाई बधाई छ । एक वर्षमा कति पश्मिना कति उत्पादन तथा निर्यात गर्नुहुन्छ ?

गत आर्थिक करिब २५ करोड रुपैया““ बराबरको । वर्षमा करिब ३० हजार स्वेटर र ७० हजार पीस सल उत्पादन गरी निर्यात गछौं ।

आपैm“मा ठूलो परिणाममा निर्यात भइराखेको रहेनछ, किन ?

हाम्रो उत्पादन हस्तकला उत्पादन हो । यो मेसिनरी उत्पादन होइन । हाम्रो उत्पादन गुणस्तरीय छ र लगभग सबै उत्पादन युरोप, अमेरिका निर्यात हुन्छ । देशमा अनुकूल स्थिति छैन । हाम्रो उत्पादनको माग छ तर हामीले अडर लिन सकिरहेका छैनौं । किनकी अडरअनुसार उत्पादन गरेर तोकिएको समयमा वस्तु सम्पन्धित बिक्रेतासम्म पु¥याउन निकै कठीन छ । राजनीति तरलता छ । विगतमा श्रम क्षेत्रमा फैलिएको आतंकले काम गर्न सकिएन । तैपनि हामी सन् २००३÷२००४ देखिनै टप एक्स्पोटर हौ । २००६ देखि नै नेपाल हस्तकाल महासंघ र नेपाल चेम्बर अफ कमर्शले पश्मिनातर्फ टप एक्पोर्ट गरेबाफत सम्मान गर्दैआएको छ । यो समयमा सरकारले सीआईपी अवार्ड कार्यक्रम गर्ने सकेन । त्यसैले सरकारबाट सीआईपी अवार्ड पाएको पहिलो पटक हो ।

अहिले व्यापार विस्तार गरिराख्नु भएको छैन ?

प्रत्येक वर्ष १०/१५ प्रतिशत व्यापार विस्तार भइराखेको छ । सम्भावनाको हिसाबले १०० प्रतिशत व्यापार विस्तार गर्ने ठाउ“ छ । तर देशमा उद्योग व्यवसाय मैत्री वातावरण भएन । पश्मिना वा हस्तकलाजन्य उत्पादन भनेको श्रममा भर पर्ने उद्योग हो । गएको ६/७ वर्षमा श्रम क्षेत्रमा मजदूर आतंक फैलिएकोले माग हु“दा हु“दै पनि उत्पादन वृद्धि गर्न सकिएन । राजनीतिक तहबाट श्रमिक क्षेत्रमा अनावशक उक्साहट भयो । श्रमिकहरूको माग धेरै आए, अड्ताल हुने, काम बन्द गर्ने अवस्था आयो । एकतिर विदेशबाट हाम्रा उत्पादनको माग हुने, अर्कोतिर यहा“ श्रमिकहरूले पूरा गर्ने नसक्ने माग राखेर काम बन्द गर्ने अवस्था आयो । त्यसले हाम्रो मनोबल गिरेको थियो । अब विस्तारै स्थितिमा सुधार आउ“छ भन्ने हामीलाई विश्वास छ । श्रमिकहरूले पनि बुझ्दै गएका छन् । सरकारले पनि निर्यात व्यापारको महत्व बुझ्न थालेको छ ।

अहिले उद्योगको अवस्था कस्तो छ ?

ललितपुरको झरोवारासीमा उद्योग छ । यो उद्योग १५ रोपनी जग्गामा फैलिएको छ । जाडो मौसममा ४÷५ सय कामदार हुन्छन् । गर्मी मौसाममा पनि कम्तीमा ३०० जनाले काम गरिरहेका हुन्छन् । अब हामी उत्पादन वृद्धिको योजना बनाइराखेका छौं ।

सीआईपी अवार्ड पाइसकेपछि तपाई र तपाईको कम्पनीमा के परिवर्तन आउ“छ ?

आत्मविश्वास बढेको छ । व्यापार विस्तार गर्ने छौं । आगामी वर्ष तपाईलाई नया“ खबर दिने छौं ।

नेपालकामा पश्मिना व्यवसायको अवस्था कस्तो छ ?

करिब १०० वटा उद्योग छन् । सन् १९९९, २००० ताका वर्षमा १० अर्बको पश्मिना निर्यात हुन्थ्यो । तर अहिले वर्षका करिव २ अर्बको मात्र निर्यात हुन्छ । पश्मिनाको मागमा कमि आएको होइन । सन् २००० मा विश्व बजारमा पश्मिनाको माग १० अर्ब रुपैया“ बराबरको थियो भने अहिले ३० अर्ब रुपैया“भन्दा बढीको माग छ । संसारमा पश्मिना चिनाएको नेपालले हो । तर नेपालको यो उद्योग अहिले चीन र भारतमा गयो । २८ अर्बको व्यापार चीन र भारतले गरिरहेको छन् ।

किन यो अवस्था आयो ?

हामीले उत्पादनमात्र गर्ने हो । बिक्री गर्ने अमेरिका युरोपका व्यापारीले हो । उनीहरूले नेपाली वस्तु भनेर माया गर्ने कुरा हु“दैन । जसले सस्तो र गुणस्तरीय सामान समयमा दिन सक्छ, व्यापारीले उसैको सामान किन्छ । चीन र भारतमा उत्पादन हुने पश्मिनाभन्दा नेपाली पश्मिना महंगो छ ।